भीभोको चौथो वार्षिकोत्सवको भव्य रुपमा मनायो, डिसेम्बर १५ देखी भीभो सेल्स कार्निभल आयोजना गर्दै

२८ मंसिर २०७८, मंगलवार २०:०६

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन ब्राण्ड भीभोको नेपालमा चौथो वार्षिकोत्सव भव्य रुपमा बनाएको छ । भीभोले ४ वर्ष पुगेको अवसरमा भीभो सेल्स कार्निभलको समेत आयोजना गरेको हो ।

भीभोले एक कार्यक्रम गदैं सधैका वर्ष झै यो वर्ष पनि सेल्स कार्निभल आयोजना गर्ने जनाएको हो । उक्त आयोजनाको उद्घाटन मिडियाको प्रतिनिधि, प्रभावकारी के. ओ. एल.हरु, स्टेकहोल्डरहरु र ब्राण्ड एक्बासेडर प्रदिप खड्काले गरेका हुन । सधैका वर्ष झै यो वर्ष पनि भीभोले डिसेम्बर १५ तारीख देखी जनवरी ५ सम्म सेल्स कार्निभल आयोजना गर्ने भएको छ । उक्त आयोजना ग्राहकहरुलाई आकर्षक उपहारका साथै भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस्मको खरीदमा ल्यापटप, हेडफोन, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटथ स्पीकर र इएरबडस् जस्ता उपहारहरु जित्ने मौका पाउन सक्नेछन् । साथै सो अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वाराण्टी पाउन सक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*