एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि लिलामीमा

२९ मंसिर २०७८, बुधबार ०९:५६

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर आज (मंसिर २९ गते) देखी लिलामीमा आएको छ । कम्पनीले असोज २५ गतेदेखी कात्तिक २१ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । जसमा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामीमा आएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक आवेदकले मंसिर २९ गतेदेखी पुस ७ गतेसम्म न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गरि बोलपत्र पेश गर्ने सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । जसअनुसार आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*