माउन्टेन इनर्जी नेपालको साधारण सभा पुस २५ गते, बुक क्लोज कहिले ?

२९ मंसिर २०७८, बुधबार ११:३१

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २५ गते बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले पुस ११ गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*