लाभांश प्रस्ताव पारित सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

२९ मंसिर २०७८, बुधबार १३:०५

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित सहित १३औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । महाराजा रिसोर्ट, बुटवल उपमहानगरपालिका ११ को रुपन्देहीमा आज सभा सम्पन्न भएको हो ।

सभाले १० दशमलव ९३ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जरका लागि संचालक समितिलाई अख्तियारी दिने, सञ्चालकको प्रस्ताव पारित गरेको छ । आगामी बर्षका लागि लेखापरिक्षक नियुक्ति प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाले जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*