सामलिङ पावर कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

२९ मंसिर २०७८, बुधबार १५:१६

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ साढे ४ अर्ब माथिको कारोबार भएको छ ।

मंगलबार १३७ अंकले बढेको नेप्से आज पुनः घट्न पुगेको छ । नेप्से ४ अंकले घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ ।
हिजो ६० कम्पनीको शेयरमूल्यमा सर्किट लाग्दा आज एउटा कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा सामलिङ पावर कम्पनी रहेको छ ।

त्यस्तै, दिव्यशोवरी हाइड्रोपावरको ७.७८ प्रतिशत, अन्खु खोला जलविद्युतको ७.७४ प्रतिशत, आइसीएफसी फाइनान्सको ६.६१ प्रतिशत, बेष्ट फाइनान्सको ६.५३ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ६.१५ प्रतिशत र बुटवल पावरको ५.५४ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*