नेप्सेमा ४ अंकको गिरावट आउँदा आज सर्वाधिक गुमाउने कम्पनी

२९ मंसिर २०७८, बुधबार १५:३५

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच भएको छ । बुधबार नेप्से ४.२३ अकंले घट्दा कारोबार ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँमा सिमित भएको हो ।

मंगलबार १३७ अंकले नेप्से परिसूचक बढ्दा  दुई सय भन्दा बढी कम्पनीको शेयरमूल्य बढेको थियो भने दुई म्युचुअल फण्डको मात्र इकाईमूल्य घटेको थियो । लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको थियो ।

आज पुनः पूँजी बजारमा गिरावट आउँदा केही कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा नयाँ सारथी लघुवित्त रहेको छ । कम्पनीको ५.३४ प्रतिशत, जानकी फाइनान्सको ३.७७ प्रतिशत, मन्जुश्री फाइनान्सको शेयरमूल्य आज ३.४३ प्रतिशत अंकले घटेको हो ।

त्यस्तै, एनआइबिएल प्रगति फण्डको ३.२६ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.२४ प्रतिशत, यूनिलिभर नेपालको ३.१७ प्रतिशत, ओरियन्टल होटलको ३.०४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको २.९२ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*