२५ प्रतिशत बोनस पारितका लागि समीट लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

२ पुष २०७८, शुक्रबार ११:०२

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २४ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी–३ तहुँमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजी ३९ करोड रुपैयाँको २५.२८ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै सजिलो लघुवित्त वित्तीय संस्थासँग गाभिने वा मर्जर र बोनस शेयर वितरणपछि संस्थापक शेयर र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ७ लाख ५१ हजार ७१२ कित्ता साधारण शेयर प्रिमियममा थप जारी गर्ने र उक्त कार्यको लागि अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरणका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ । साथै आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

कम्पनीले साधराण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष १५ गतेदेखि पुष २४ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*