नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

२ पुष २०७८, शुक्रबार ११:१०

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना शेयरधीहरलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

साथै कम्पनीले लाभांंश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति समेत तय गरेको छ । संचालक समितिको सोही मितिमा बसेको बैठकले पुष १३ गतेदखि पुष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*