सेन्चुरी कमर्सियल बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

२ पुष २०७८, शुक्रबार १३:३६

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २ गते बसेको संचालक समितिको बैंठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ९ अर्ब ३ करोड रुपैयाँको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश गरी कुल ६.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*