प्रोगेसिभ फाइनान्सद्धारा लाभांश वितरण गर्ने घोषणा, कति दिदैछ बोनस ?

२ पुष २०७८, शुक्रबार १६:२९

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिले लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले एक दशकपछि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजी ८० करोड १ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि माात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*