छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

२ पुष २०७८, शुक्रबार १७:१०

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

यी दुई कम्पनीलाई बोर्डले पुष १ गते हकप्रद जारी गर्न स्वीकृति दिएको हो । छ्याङ्दी हाइड्रोपावरले चुक्तापूँजीको ३० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकले चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो ।

छ्याङ्दि हाइड्रोपावरले चुक्तापूँजीको सोही प्रतिशतले हुन आउने १०ः३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता र कर्पोरेट डेभलपमेन्ट बैंकले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

छ्याङ्दि हाइड्रोपावरको बिक्री प्रबन्धकमा ग्लोबल आएमई क्यापिटल लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*