नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, सोमबार कसको कतिमा खुल्ला कारोबार ?

४ पुष २०७८, आईतवार ०८:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, प्रभु बैंक र सनराइज बैंकको शेयरमूल्य आज समायोजन भएको हो ।

मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत, प्रभु बैंकले १२ प्रतिशत र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

मनकामनाको अघिल्लो दिन कायम १५६० रुपैयाँ,  प्रभुको ३३० रुपैयाँ १० पैसा र सनराइजको २७१ रुपैयाँका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य नेप्सेले क्रमशः १३३३ रुपैयाँ ३३ पैसा, २९४ रुपैयाँ ७३ पैसा र २५४ रुपैयाँ १० पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*