नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

५ पुष २०७८, सोमबार १०:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेले आज समायोजन गरेको हो ।

एचआइडिसिएलले ८ प्रतिशत बोनस शेयर र साना किसान लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज यी दुई कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

एचआइडिसिएलको अघिल्लो दिन कायम २६८ रुपैयाँ २० पैसा र साना किसान लघुवित्तको १४७० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः २४८ रुपैयाँ ३३ पैसा र ११७६ रुपैयाँ कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*