स्वालम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

५ पुष २०७८, सोमबार १०:१८

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले २०औं साधारण सभा पुस १५ गते बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*