दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले कमाए ?

५ पुष २०७८, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८ विन्दुमा झरेको । नेप्सेमा पछिल्लो केही दिनयता कारोबार ४ अर्ब तल खुम्चिन पुगेको छ । तर आज केही कम्पनीहरुको शेयरमूल्य भने बृद्धि भएको छ ।

आज गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कृषि विकास बैंकको ४.९९ प्रतिशत अंक, महुली सामुदायिक लघुवित्तको ४.५३ प्रतिशत अंक र शिवश्री हाइड्रोपावरको ४.२८ प्रतिशत अंकले बृद्धि भएकोछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*