आइसीएफसी फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

६ पुष २०७८, मंगलवार ०५:४२

काठमाडौं ।  आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*