आजसम्म कायम शेयरधनीले मात्र नेपाल एसबिआई बैंकको लाभांश पाउने

६ पुष २०७८, मंगलवार ११:५०

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बंैकले पुष ७ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णयगरेबमोजिम लाभांश सुरक्षित गर्न आजसम्म कायम हुनुपर्नेछ ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई कायम चुक्तापूँजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही लाभांश पारितका लागि बैंकले पुष २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे अठ्ठाईसौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*