यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
६ पुष २०७८, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्सेमा आज हरियाली छाउँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो केही समययता नेप्से परिसूचकमा गिरावट आइरहँदा आज ५६ अंकले बढेको छ । नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच भएको छ ।
नेप्से २.४१ प्रतिशतले बढेतापनि कारोबार २ अर्बमा सीमित हुन पुगेको छ । आज सर्वाधिक हुने कम्पनीमा हिमालयन डिस्टीलरी रहेको छ । सो कम्पनीको आज एकैदिन १४ करोड ५८ लाख ६९ हजार ४२० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको १४ करोड १८ लाख, एनटिसीको १० करोड ३९ लाख, मन्जुश्री फाइनान्सको ७ करोड ५५ लाख र एनएमबि बैंकको ६ करोड ४८ लाख माथिको कारोबार भएको छ ।