नेपाली युवालाई कामदारको रुपमा लैजाने प्रस्ताव बोकेर फ्रान्सेली राजदूत श्रम मन्त्रालयमा, मासिक तीन लाखसम्म तलव

२१ पुष २०७८, बुधबार १७:३८

काठमाडौं । युरोपेली देश फ्रान्सले नेपालबाट सुरक्षागार्ड लैजाने प्रस्ताव अघि सारेको छ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले यस्तो प्रस्ताव लिएन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग छलफल गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले नेपाली नागरिकलाई फ्रान्सेली नागरिक सरह अधिकार दिएर सुरक्षागार्ड लगायतका कामदारका रुपमा लैजाने प्रस्ताव गरेका हुन् । साथै भाषागत रुपमा सिपालु र दक्ष कामदार लैजान समेत प्रस्ताव गरेको र सो सम्बन्धमा छलफल भइरहेको बुझिएको छ ।

फ्रान्सेली सरकारले यस्तो प्रस्ताव अघि बढाएपछि सरकारले पूर्व तयारीका कामहरु तथा कुटनीतिक पहल गर्न सुरु गरेको छ । प्रारम्भिक चरणमा बार्षिक तीन हजार जनासम्म नेपालीहरु फ्रान्स पठाउन सकिनेबारे छलफल भएको जनाइएको छ ।

नेपालबाट जाने श्रमिकहरुले मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने विश्वास गरिएको छ । विश्वकै शक्तिशाली राष्ट्र फ्रान्समा कार्यरत सुरक्षा गार्डहरुले मासिक दुई लाख देखि तीन लाख रुपैयाँसम्म तलव सुविधा लिँदै आएका छन् ।

One thought on “नेपाली युवालाई कामदारको रुपमा लैजाने प्रस्ताव बोकेर फ्रान्सेली राजदूत श्रम मन्त्रालयमा, मासिक तीन लाखसम्म तलव

  1. Aslam Ali Sidhique says:

    I am interested to work there and I am completed my graduation degree BBA.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*