नेपालमा देखियो कोरोनाको डरलाग्दो संक्रमण, एकै दिन ९६८ जनामा पुष्टि

२३ पुष २०७८, शुक्रबार १६:४८

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको फैलावट नेपालमा डरलाग्दो अवस्था देखिएको छ । आइतबारको तुलनामा आज कोरोना भाइरसको संक्रमण चौबर बढेपछि अवस्था भयावह हुनसक्ने चेतावनी दिइएको छ । साताको पहिलो दिन २१६ जनामा संक्रमण देखिएको थियो भने शुक्रबारसम्म आइ पुग्दा सो संख्या ४ घुणा भन्दा बढीले वृद्धि भइ ९६८ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । जुन संख्या हिजो भन्दा ४२८ले बढी हो ।

त्यस्तै शुक्रबार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने २६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ७४१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*