एभिन्यूज, एबिसी टिभीदेखि बिजमाण्डु मिडियाले भ्याट तिरेनन्, कर कार्यालयले निकाल्यो १५ दिने सूचना

२५ पुष २०७८, आईतवार १०:११

काठमाडौं । ठूला मिडिया भनेर चिनिएका एभिन्यूज टेलिभिजन, एबिसी टेलिभिजन देखि आर्थिक क्षेत्रको चर्चित अनलाईन बिजमाण्डुसम्मले सरकारलाई तिर्नुपर्ने लाखौं रुपैयाँ भ्याट नतिरेपछि आज आन्तरिक राजश्व विभाग अन्तर्गतको पुतलीसडक कर कार्यालयले १५ दिने सूचना निकालेको छ ।

करदाता सेवा कार्यालय पुतलीसडकले निकालेको सूचनामा एभिन्यूज टेलिभिजनको भ्याट बक्यौता पाँच करोड ३५ लाख १० हजार एक रुपैयाँ छ । त्यस्तै, दोस्रो नम्वरमा धेरै भ्याट बक्यौता रहेको मध्येमा बिजमाण्डु प्रालि पनि परेको छ । सो कम्पनीले ४३ लाख छ हजार ५०५ रुपैयाँ बक्यौता छ । त्यस्तै, एबिसी टेलिभिजन मुख्य संस्था एबिसी मिडिया ग्रुप प्रा.लि को ११ लाख ९२ हजार २५६ रुपैयाँ बक्यौता छ । त्यस्तै स्पेशटाईम नेटवर्कले ४० लाख २९ हजार ७१८ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको आज प्रकाशित सूचनामा जनाइएको छ ।

उल्लेखित मिडिया बाहेक थुप्रै विज्ञापन एजेन्सीहरुले समेत भुक्तानी गर्न बाँकी रहेको सूचना आज प्रकाशित गरिएको छ । पुतलीसडक कर कार्यालयले आज प्रकाशन गरेको सूचना अनुसार कूल २५६ वटा फर्महरुले पाँच लाख भन्दा बढि भ्याट बक्यौता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*