सानिमा जनरल इन्स्योरेन्स सहित ५ कम्पनीद्धारा लेखापरीक्षक नियुक्त

३ माघ २०७८, सोमबार ११:२३

काठमाडौं । पाँच कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सनराईज बैंक लिमिटेड, समृद्धि फाइनान्स, विजय लघुवित्त र खानीखोला हाइड्रोपावरले लेखापरीक्षक नियुक्त गरेको हो ।

सानिमा जनरल इन्स्योरेन्सको पुष ३० गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट चालु आवको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

साथै सनराईज बैंकले पुष १५ मा सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाबाट चालु आवको लागि लेखापरीक्षकमा जिपी राजबाहक एण्ड कम्पनी, नक्साल काठमाडौंलाई नियुक्त गरेको छ ।

त्यस्तै, समृद्धि फाइनान्सले पुष ३० मा सम्पन्न बिसौं वार्षिक साधारण सभाबाट लेखापरीक्षकमा एचडिएसडि चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

साथै बिजय लघुवित्तले पुष २४ मा सम्पन्न नवौं वार्षिक साधारण सभाबाट चालु आवको लागि बाह्य लेखापरीक्षकमा विदुर एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सका सिए विदुर लुईटेललाई नियुक्त गरेको छ ।

त्यस्तै, खानीखोला हाइड्रोपावरले पुष ३० मा सम्पन्न सातौं, आठौं र नवौं वार्षिक साधारण सभाले चालु आवको लागि लेखापरीक्षकमा के एण्ड डि एसोसियट्सलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*