सुन तोलामा १ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

३ माघ २०७८, सोमबार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले बढेको छ । साताको पहिलो दिन ३ सय रुपैयाँले घटेको सुन साताको दोस्रो दिन भने तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*