खानीखोला हाइड्रोपावरको नयाँ संचालक समिति गठन, अध्यक्षमा विजयमान शेयरचन

३ माघ २०७८, सोमबार ११:४२

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको पुष ३० गते सम्पन्न सातौं, आठौं र नवौं वार्षिक साधारण सभाले नयाँ संचालकहरु निर्वाचित गरेको हो ।

कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीतर्फबाट २ जना गरी कुल ६ जनाको संचालक समिति गठन गरेको हो ।

संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान शेयरचन, दिनेश प्रसाद श्रेष्ठ, विनोद थकाली र बटु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण तर्फबाट भिमसेन घिमिरे र साजन दर्लामी चयन भएका छन् ।

साथै कम्पनीले संचालक समितिको अध्यक्षमा विजयमान शेरचनलाई निर्विरोध निर्वाचित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*