नेपाल टेलिकमको ‘विन्टर अफर’ आजदेखि सुचारु, यस्ता छन् सुविधा

३ माघ २०७८, सोमबार १३:३६

काठमाडौं । नेपाल टेलिकम (एनटिसि)ले आजदेखि लागू हुनेगरी ‘विन्टर अफर–२०७८’ ल्याएको छ ।

कम्पनीले आजदेखि उपलब्ध गराएको उक्त अफरअन्तर्गत कम्पनीले यसअघि उलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेजसमेत उपलब्ध गराउने भएको छ ।

एनटिसिले पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याकसमेत उपलब्ध हुनेछ ।

सो अफर अन्तगर्तत ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी डाटा लगायतका सेवाहरु उपलब्ध गराइनेछ ।

साथै प्रिपेड कम्बो प्याकअन्तर्गत २९९ रुपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत प्राप्त गर्न सकिनेछ ।

त्यस्तै, एनटिसिको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहनेछ । साथै पहिलोपटक यो सुविधा सुचारु गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–टेक कलको सुविधा पाउन सक्नेछन् ।

साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*