कोरोना संक्रमित ह्वात्तै बढ्न थाले, ६७३४ जनामा संक्रमण पुष्टि हुदाँ उपत्यकामा मात्रै ३९३९ जना

३ माघ २०७८, सोमबार १७:१३

काठमाडौं । कोरोना दिन प्रतिदिन कोरोना संक्रमितको दर उच्च भइरहेको छ । हिजो ४ हजार ९६१ जनामा संक्रमण देखिएकोमा आज भने ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार १४ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जनामा र ६ हजार ७३४ जनामा एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ भने ५४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ३ हजार ९३९ जना संक्रमित थपिएका छन् कुल जनसंख्याको ५० देखी ६० प्रतिशत काठमाडौं उपत्यमा देखिदा उपत्यमा ब्यवसाय कलेज तथा सार्वजनिक स्थानमा हुने भिडमा कडाइ गरेको छ । आज मात्र पर्यटन मन्त्री प्रेम आले मगरलाइ कोरोना संक्रमित भएको निजको सोकिय सचिव हेमन्त रेग्मीले जनाएका छन् । छिमेकी राष्ट्र भारत पनि पछिल्लो २४ घण्टामा साढे २ लाख भन्दा बढी संक्रमण थपिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*