बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध हुन बोर्डको आग्रह

५ माघ २०७८, बुधबार १४:१२

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बैदेशिक रोजगारमा जाने ब्यक्तिका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ । कम्पनीले नेपालको संबिधानको धारा (५१) को उपधार ज (१५) मा नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारकम पहुँचको ब्यवस्था मिलाउने भनी उल्लेख गरे बमोजिम स्वास्थ्य बीमा ऐन २०७४ को दफा (३) को उपदफा (४) मा बैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य भएकोले बीमा गराउन आग्रह गरेको हो ।

सोही बमोजिम स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि २०७८ अनुसार बैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध भई सहजीकरण गर्न बोर्डले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*