आजदिनभर जोर बिजोर दुवै सवारी चल्ने, मध्यराति देखि लागू हुने जोर बिजोर प्रणालीमा कस कसले पाउँछन् छुट ?

७ माघ २०७८, शुक्रबार ०९:२६

काठमाडौं । उपत्यकाका तीन वटै प्रशासनले आज राति १२ बजेदेखि सार्वजनिक तथा निजि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका छन् । सो व्यवस्था अनुसार आज दिनभर जोर बिजोर दुवै सवारी साधन सञ्चालन हुनेछ । भोलि विहानदेखि भने ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउनेछ ।

भोलि माघ ८ गते जोर नम्वर भएकोले शून्य सहितका जोर नम्वरका सवारी साधनहरु सञ्चालन हुनेछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनामा सार्वजनिक र निजि दुवै सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सो सूचनाले सरकारी, संस्थान तथा कुटनीतिक नियोगको सम्बन्धमा केही उल्लेख नगरेकोले सो सम्बन्धमा आन्तरिक सर्कुलरमा उल्लेख भए बमोजिम हुने महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अस्पताल, प्रेस, औषधी, पानी लगायतका अत्यावश्यक सेवाका लागि छुट पाइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*