यातायात व्यवसायीद्धारा जोर विजोर प्रणाली लागू नगर्न माग

७ माघ २०७८, शुक्रबार १५:४०

काठमाडौं । शुक्रबार रातीदेखि लागू हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू नगर्न यातायात व्यवसायीहरुले माग गरेका छन् ।

यातायात व्यवसायीहरुले भोलिदेखि लागू हुन लागेको जोर विजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुबीच शुक्रबार जोर विजोर प्रणाली लागू गर्ने सम्बन्धमा भएको छलफलमा यातायात व्यवसायीहरुले सो प्रणाली लागू नगर्न माग गरेका हुन् ।

स्थानीय प्रशासनले तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम गर्ने भन्दै शुक्रबार राति १२ बजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*