पछिल्लो २४ घण्टामा साढे १० हजार जना संक्रमित थपिए, उपत्यकामा मात्रै ५ हजार माथि

७ माघ २०७८, शुक्रबार १६:५३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५१५ र एन्टिजेन परीक्षणबाट १ हजार १८८ जना गरी कुल १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ७६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।

साथै देशभर १० हजारमा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा मात्रै ५ हजार २९९ जना संक्रमण पुष्टि भएको हो । तथ्याङ्कअनुसार हेर्दा सबैभन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमणको बढी जोखिम देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*