बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्न नगर विकास कोषको प्रस्ताव आव्हान

८ माघ २०७८, शनिबार १२:३१

काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोषले काठमाण्डौमां बहुतल्ले मेकानिकल पार्किङमा लगानी गर्न प्रस्ताव आव्हान गरेको छ ।

उपत्यकामा हुने अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न यो योजना ल्याइएको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले बताए । उक्त परियोजनामा लगानी गर्नका लागी काठमाडौं महानगरपालिका भित्र कम्तीमा आठ आना भन्दा बढी क्षेत्रफल भएको जग्गा हुनुपर्ने छ । आय ोजना निर्माण गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैरसरकारी संस्थाहरुले १५ दिन भित्र आवश्यक कागजात सहित विकास कोषको कार्यलयमा पेश गर्नु पर्ने बताइएको छ ।

काठमाडौंका थापालथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी,कुलेश्वर,बल्खु, लगायतका मुख्य व्यावसायिक सडक छेउहरु वा दोहोर प्रवेशमार्ग भएको भित्रि जग्गाहरुमा पार्किङस्थल निर्माण गर्न सकिने कोषले जनाएको छ । प्रस्ताव पेश गर्नका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघ संस्थाको नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि,प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*