पछिल्लो २४ घण्टामा ६४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

९ माघ २०७८, आईतवार १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पीसीआर परीक्षणबाट १७ हजार ४३७ जनामा गरिएकोमा ५५९८ जना र एन्टीजेन परीक्षणबाट ४०६० जनामा परीक्षण गर्दा ८६४ जना गरी कुल ६४६२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ७७ हजार ४० जना संक्रमित संख्या रहेका छन् ।

संक्रमित संख्या केही घटेतापनि कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको हुँदा यसबाट सजग रहन मन्त्रालयले सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*