थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१० माघ २०७८, सोमबार १६:२७

आज थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ ह्जार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*