सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?
११ माघ २०७८, मंगलवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।