टेकु अस्पतालमा कोरोना विरुद्धको खोप अभियान पुनः संचालन

११ माघ २०७८, मंगलवार १४:२४

काठमाडौं । केही दिनअघि स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आजबाट पुनः खोप अभियान संचालन गरिएको छ ।

अस्पताका निर्देशक डा. मनीषा रावलका अनुसार काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएसँगै एक हप्ताका लागि स्थगन भएको खोप अभियान आजदेखि पुनः संचालन हुने भएको हो ।

गत आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकमी र अन्य कर्मचारी कोरोनाबाट संक्रमित भएपछि सोमबारदेखि कोरोना विरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको थियो ।

उक्त स्थगन भएको खोप अभियान आज बिहान १० बजेबाट सुरु भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*