सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

१२ माघ २०७८, बुधबार ११:४३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*