पछिल्लो एक दशकमा खासै बढेन नेपालको जनसंख्या, २ करोड ९१ लाखमा सीमित

१२ माघ २०७८, बुधबार १२:१८

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्याको तथ्यांक सार्वजनिक गरेको छ । सो तथ्यांकअनुसार जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना र पुरुषको सख्या १ करोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।

यस अघि नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । केन्द्रीय तथ्यांक विभागका अनुसार अप्रत्यक्ष रुपमा यसपटक कालापानी र लिपुलेकको जनसंख्या विवरण राष्ट्रिय जनगणना २०७८ मा समावेश गरेको जनाएको छ ।

साथै अघिल्लो पटक १ प्रतिशत भन्दा बढी रहेको जनसंख्या वृद्धिदर यो पटक भने ०.९३ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*