एकै दिन ८ हजार ४५४ जनामा कोरोना संक्रमण पृष्टि, सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

१२ माघ २०७८, बुधबार १७:१८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ५४९ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जनामा र ६ हजार ८१० जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९० हजार ६७ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा यता काठमाडौं उपत्यकामा २ हजार ९ सय जनामा संक्रमिण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*