सुन तोलामा ९ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

१३ माघ २०७८, बिहीबार ११:२७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*