थप ८ हजार १७ जनामा कोरोना संक्रमण पृष्टि हुदाँ १५ जनाको मृत्यु, उपत्यकामा मात्रै ३१४३ जनामा संक्रमण

१३ माघ २०७८, बिहीबार १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ८ हजार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ भने ५ हजार २९२ जना संक्रमणमूक्त भएका छन् । हाल देशभर ९० हजार ५७६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकका मात्र ३ हजार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*