नगर विकासले उत्कृष्ट सेवाग्राहीलाई सम्मान गर्दै

१३ माघ २०७८, बिहीबार २०:५१

नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत गर्ने भएको छ । कोषले एक सूचना प्रकाशित गदै आफ्नो ३४ औ वाषिर्कोत्सवको अवसरमा वितरण गर्न लागेको जनाएको छ ।

यसका लागि कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरुले सहभागिता जनाउँन सक्ने छन् । सेवाग्राही छनौट तथा पुरस्कार सिफारिस समितिको निर्णय अनुसार नगरपालिका तथा उपभोक्ता संस्थाहरुले आगामी माघ २० गतेभित्रमा कोषले तोकेको ढाँचामा विवरण भरी कोष कार्यालयमा पेश गर्नुपर्ने छ ।

आवश्यक कागजात इमेल मार्फत पनि पठाउन सकिने नगर विकास कोषका सिभिल ईन्जिनियर नवीन तिवारीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*