दुई दिनमै १८ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

१४ माघ २०७८, शुक्रबार १२:०२

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज पनि ओरोला लागेको छ । बिहिबार तोलामा ९ सय रुपैयाँले घटेको सुन शुक्रबार पनि सोही मूल्यमा घट्न पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*