एकैदिन ६ हजार ८२७ जनामा कोरोना संक्रमण पृष्टि, १० जनाको मृत्यु

१४ माघ २०७८, शुक्रबार १६:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसख्यां मन्त्रालयका अनुसार आज १३ हजार ७९१ जनामा पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जनामा र ६ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ भने ५ हजार ४३५ जनामा संक्रमणमुक्त भएका छन् । हाल देशभर ८९ हजार ९४१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १० वर्ष मुनिका ९३ जनामा र ११ देखि २० वर्ष उमेर समूहका २३९ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । शुक्रबार काठमाडौं उपत्यमा २ हजार ९४० जनामा कोरोना संक्रमण देखिएको छ । छिमेकी राष्ट्र भारत पनि पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*