एकैदिन कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु, ३५४० जना संक्रमित

१६ माघ २०७८, आईतवार १६:५९

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । थप ३२ जना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ९१० जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
छिमेकी राष्ट्र भारत पनि पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार संक्रमित थप भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*