सुन तोलामा १ सय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

१८ माघ २०७८, मंगलवार ११:२४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । साता दुई दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*