राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रीद्धारा लालपूर्जा वितरण गर्न स्थालगत निरीक्षणमा

१८ माघ २०७८, मंगलवार १२:५८

काठमाडौं । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ ।चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।

भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

मंगलबार देखी स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने सो अवसरमा जानकारी दिदै विवादरहित तरिकाबाट सहकार्य गर्न अध्यक्ष तिमिल्सीनाले मेयरहरुसगँ आग्रह पनि गर्नुभयो।

आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने उहाँले बताउनुभयो।
एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
स्थलगत क्रममा भरतपुर महानगरकी मेयर रेनु दाहालले चुनावी अभियानका क्रममा आफुहरुले बोलेको बाचा पुरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।
भने उता कालिका नगरका मेयर खुमनारायण श्रेष्ठले जनतालाई लालपूर्जा दिने अभियानमा आयोग सक्रियता तीव्र बनेकोमा खुसी व्यक्त गरे ।
यस्तै आयोगमा ३० बर्ष अगाडीदेखी सेतो पूर्जा प्राप्त गरेका माडी नगरका २ सय ९७ जनालाई लालपूर्जा दिने प्रक्रिया समेत तत्कालै सुरु हुने उनले बताए ।
यस्तै सोही अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०३६ मा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–१४ नम्बर वडा तत्कालिन शिवनगर गाँउ पञ्चायतको हनुमाननगरको गौचरनमा दलित भूमिहीन र सुकुम्वासीलाई बसाएको ठाँउबाट लालपूर्जा वितरण कार्य सुरुवात गर्ने समेत जानकारी गराउनुभयो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*