स्वास्थ्य बीमा बोर्डद्धारा दाबी सम्बन्धी कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने आग्रह

१८ माघ २०७८, मंगलवार १३:१४

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबीसँग सम्बन्धीत आवश्यक कागजातहरु आइएमआइएस सिस्टममा अपलोड गर्ने अनुरोध गरेको छ । सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे बापत पाउनु पर्ने दाबी रकम भुक्तानीका लागि बीमा ब्यवस्थापन सूचना प्रणाली सफ्टवेयरमा स्वास्थ्य बीमा ऐन नियमावली तथा कार्यविधिहरुले तोके बमोजिमको आवश्यक कागजात अपलोड गर्ने आग्रह गरेको हो ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले लामो समय देखि अपलोड नगरेको हुदाँ स्वास्थ्य बीमा बोर्डलाई दाबी भुक्तानीलाई राफसाफ तथा ब्यवस्थित गर्न साउन ५ गते एक सूचना प्रकाशित गर्दै जेठ मसान्तसम्म सम्म गरिएका सम्पूर्ण दाबीहरुको आवश्यक कागजात १५ दिन भित्र पेश गर्ने आग्रह गरेको छ ।

साथै मंसिर मसान्तसम्म गरिएका सम्पूर्ण दाबीहरुको आवश्यक कागजात संकलन गरी माघ मसान्तसम्म अपलोड गर्ने समेत बोर्डले अनुरोध गरेको छ । तोकिएको समय भित्र अपलोड नभएमा आइएमआइएसबाट अस्वीकृत हुने भएकाले भूक्तानी गर्ने बोर्ड बाध्य नहुने पनि जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*