आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

१८ माघ २०७८, मंगलवार २१:१९

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी फेरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा ३ रुपैयाँ बढाएको हो ।

निगमले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १२५ रुपैयाँ पुगेको छ । साथै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरी प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*