सुन तोलामा ३ सय रुपैयाँ वृद्धि, कतिमा हुदैछ कारोबार ?

१९ माघ २०७८, बुधबार ११:०९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा १ सय रुपैयाँले बढेको सुन बुधबार भने तोलामा ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*