कोरोना महामारीका कारण रोकिएका लोकसेवाका परीक्षाहरु फागुन ६ गतेदेखि हुने

२० माघ २०७८, बिहीबार १७:१२

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको लोकसेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि हुने भएका छन् ।

लोक सेवा आयोगले आज एक सूचना प्रकाशित गर्दै यसअघि सूचना आइसकेर पनि रोकिएका परीक्षाहरु सोही मितिदेखि संचालन गर्ने जनाएको हो ।

आयोगको माघ १९ गते बुधबार बसेको बैठकले नयाँ परिक्षा तालिका सार्वजनिक गरेको हो । उक्त तालिकाअनुसार उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नर्वौ तहका विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*